चिकित्सक संघ चुनावमा खड्का र गौतमको अध्यक्षमा उम्मेदवारी

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७७, मंगलवार

काठमाडौं १३, साउन ।
सरकारी चिकित्सक संघ नेपालको चौथो कार्यकालका लागि अन्तिम नामावली प्रकाशित भएको छ। संघको साउन २४ गते हुन लागेको पूर्वनिर्धारित निर्वाचनको कार्यक्रम समय तालिका अनुसार अन्तिम नामावली प्रकाशित भएको हो। अध्यक्षको लागि डा.रविन खड्का र डा.समाज गौतमको उम्मेदवारी परेको छ। डा. खड्का राजनीतिक रुपमा नेकपा र डा.गौतम काग्रेंस निकट मानिनुहुन्छ ।

अध्यक्षको उम्मेवारी दार्ता गराएका डा.दिपक थापामगरले उम्मेदवारी फिर्ता लिनुभएको छ। नेपालमा चिकित्सकहरूको संगठनमा अनलाइनमा प्रविधिबाट पहिलो पटक निर्वाचन हुन लागेको हो। चुनावको मिति तय भएसँगै चिकित्सकमाझ चटारो पर्न गएको छ। चुनावी माहोलसँगै संगठनमा सदस्यता फैलिने क्रम बढ्दो रहेको छ।

चुनावी माहोलभन्दा अगाडी संघमा ५ सयको हाराहारीमा सदस्यता रहेको थियो। हाल २ भन्दा बढी सदस्यता बढ्न गई ७ सयभन्दाले सदस्यता लिइरहेको संघले जनाएको छ।

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech