आज कोरोना भाइरसका ३११ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७७, मंगलवार

काठमाडौं १३, साउन ।
नेपालमा मंगलवार कोरोना भाइरसका ३११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३११ संक्रमित थपिएका हुन् ।
गौतमका अनुसार संक्रमितको संख्या अव १९ हजार ६३ पुगेको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।
आइतबार देशभर १३० कोरोना भाइरस संक्रमित फेला परेका थिए भने ७५ जना डिस्चार्ज भएका थिए । त्यसैगरी सोमबार १३९ जना कोरोना भाइरस संक्रमित फेला परेका थिए भने ६२६ जना डिस्चार्ज भएका थिए । देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १२९ रहेको छ ।

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech