सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४२४७ पुग्यो

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७७, मंगलवार

धनगढी १३, साउन ।
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ४७ पुगेको छ । मंगलवार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४ हजार २ सय ४७ पुगेको हो।

मंगलवार धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १७ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा चार गरी २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

मंगलवार थपिएकामा अछामको मेल्लेख गाउँपालिकाका तीन जना महिला र १३ जना पुरुष गरी १६ र दार्चुलाका ५ बर्षीय बालक गरि १७ जना रहेको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

यस्तै डडेल्धुरा प्रयोशालामा भएको परीक्षणमा सोमवार बैतडीका चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा संक्रमण पुष्टि भएका दुई हजार सात सय ५१ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech