कोशी अस्पतालको पीसीआर मेसिनमा समस्या

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७७, मंगलवार

कोशी अस्पतालमा जडान गरिएको पीसीआर मेसिन ।

विराटनगर १३, साउन ।
कोशी अस्पताल विराटनगरको कोरोना भाइरसको स्वाब परीक्षण गर्ने पीसीआर मेशिनमा समस्या देखिएपछि मर्मतका लागि काठमाडौँ पठाइने भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार केहीदिन यता पीसीआर मेसिनमा प्राविधिक समस्या देखिएपछि मर्मतका लागि केन्द्रीय राजधानी पठाउन लागिएको हो।

सोमबारसम्म सो मेसिनको समस्यालाई सक्दो हल गर्दै नमूना परीक्षण गरिएको बताएका मेसु डा.दासले मेसिनबाट धेरै समस्या देखिएपछि मर्मतका लागि काठामाडौँ लैजाने तयारी गरिएको जानकारी दिनुभयो ।

मंगलबार ममर्तका लागि काठमाडौँ पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
केही वर्षअघि केन्द्र सरकारले एचआइभी एड्सको भाइरस पहिचानका लागि सो मेसिन उपलब्ध गराएको हो । सोही मेसिनबाट हाल कोभिड १९ को भाइरस पत्ता लगाउने कार्य भइरहेको थियो।

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech