कपिलवस्तुमा थपिए ३४ जना,  १३ जनाको छैन ट्राभल हिस्ट्री

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७७, मंगलवार

बुटवल १३, साउन ।
कपिलवस्तुमा एकसाथ ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये १३ जना समुदायस्तरका भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । अरु भने विदेशबाट आएर क्वारेन्टिन बसेका व्यक्ति हुन्। मंगलवार पुष्टि भएका सबै संक्रमित शिवराज नगरपालिकाका हुन्।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ पुगेको छ। मंगलबार पुष्टि भएकामध्ये २८ जना पुरुष र ६ जना महिला हुन्। तीमध्ये भारतबाट आएका १२ जना, दुबईबाट आएका ४ जना, कतारबाट आएका ३ तथा साउदी अरेबियाबाट आएका २ जना भएको थापाले जानकारी दिनुभयो ।

बाँकी १३ जना समुदायका हुन्। थापाका अनुसार प्रदेश ५ सरकारको कार्यक्रमअनुसार समुदायस्तरमा गरिएको नमूना परीक्षणका क्रममा ती व्यक्तिमा संक्रमण देखिएको हो। शिवराज नगरपालिकाका विभिन्न स्थानबाट ८४ जनाको स्वाब लिइएकोमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

समुदायस्तरका पोजेटिभ आएकाहरुमा ११ जना पुरुष र २ जना महिला हुन्। जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुमा पहिलो चरणमा ३ सय जनामा समुदायस्तरबाट स्वाब लिएर परीक्षण गर्ने थापाले जानकारी दिनुभयो । कार्यालयले कृष्णनगर क्षेत्रमा खटिएका प्रहरी, यसोधरा गाउँपालिकामा समुदायस्तरमा परीक्षण गर्ने बताएको छ।

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech