झापाका प्रहरीलाई ‘फेस शिल्ड’

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७७, सोमबार

झापा १२, साउन ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीमा धमाधम कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुन थालेपछि सीमामा खटिने प्रहरीले अनुहारमा ‘फेस शिल्ड’ प्रयोग गर्न थालेका छन्।जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने तथा सीमामा भारतबाट आउने मानिसहरूसँग सम्पर्क रहने भएकाले प्रहरीले फेस शिल्ड प्रयोग गर्न थालेका हुन्। सोमावारदेखि झापाभरका सबै प्रहरीलाई मास्कसहित फेस शिल्ड वितरण गरिने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

पछिल्लो एक सातामा झापाको काँकडभिट्टास्थित सीमा सुरक्षा बेसक्याम्पमा कार्यरत २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको तर मास्क लगाइ हिँड्ने मानिसहरूको जमात बढ्दै गएपछि सोमबारदेखि कडा कदम उठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले सोमबारदेखि मास्क नलगाइ हिँड्नेलाई दुई घन्टा उभ्याइने जानकारी दिनुभयो ।आइतबार गृह मन्त्रालयले मास्क नलगाइ हिँड्नेलाई कडा कारबाही गर्न निर्देशनसमेत दिइसकेको छ।

  • १२ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech