कोरोना अपडेटः धनुषामा थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७७, आईतवार

जनकपुर ११, साउन ।
कोरोनाबाट धनुषामा एकजनाको मृत्यु भएको छ। उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड १९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिनुभयो । धनुषामा ज्यान गुमाएका ३८ वर्षीय युवकसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ४७ पुगेको छ।

धनुषा जिल्लाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोनाबाट आइतबार मृत्यु भएको हो।करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिबार प्रादेशिक अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आजै उनको रिपोर्ट पोजेटिभ आएको थियो।

संक्रमित कुनै प्रकारको दिर्घ रोगी नरहेको डा. सिंहले बताउनुभयो। यसअघि आइतबार नै वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको थियो।

  • ११ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech