बाँकेमा थप पाँच संक्रमितले ज्यान गुमाए, ३८ बर्षका दुई महिलाको सवा दुई घण्टाको अन्तरमा मृत्यु

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप ५ जनाको मृत्यु भएको छ । कोरोनाका विरामी उपचार गराइरहेका भेरी अस्पतालमा ४ र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १ जनागरी ५ जनाको मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका-१२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको २४ गते बागेश्वरी ल्यावमा पीसीआर गरिएको थियो । त्यही दिन भेरीमा भर्ना गरियो । उनको त्यही दिन साँझ ४ः४५ बजे मृत्यु भयो ।

यस्तै बढैयाताल गाउँपालिका-७ बर्दियाका ५२ वर्षीय पुरुषको पनि भेरीमा मृत्यु भएको छ । उनको २३ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैदिन भेरीमा भर्ना भएका उनको ९ बजे मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका-१ धम्वोजीका ६४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनलाई २० गते कोभिड पुष्टि भएको थियो । २१ गते भेरीमा भर्ना भएका थिए । उनको पनि उपचारका क्रममा १० बजे राती मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१० की ३८ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । उनलाई १२ गते कोभिड पुष्टि भएको थियो । १३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा आज विहान ४ः ३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१४ की अर्की ३८ बर्षकै महिलाको पनि कोभिडका कारण मृत्यु भएको छ । उनलाई १४ गते कोरोना पुष्टि भएको थियो । १६ गते भेरीमा भर्ना भइन् ।उनको पनि उपचारका क्रममा आज विहान ६ः ४५ बजे मृत्युभयो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७४ पुगेको छ । बाहिरी जिल्लाका मृतक संख्या भने १३१ पुगेको छ ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech