नेपालगन्ज : भेरी अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत हे.अ. पुपेन्द्र शाहीमाथि हातपातको घटना भएको भन्दै भेरी अस्पतालले दुःख व्यक्त गरेकाे छ ।
शुक्रबार बिहान ८:३० बजेतिर अपरिचित ३-४ जनाको समूहमा आएका अराजक व्यक्तिहरुबाट कोभिड वार्डमा मृत्यु भएका बिरामी किन हेर्न नआएको भनी अस्पतालमा कार्यरत शाहीमाथी हातपात गरेको भन्दै अस्पतालले एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।