स्वाव दिन लाइनमा बसेका संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

नेपालगन्जः कोहलपुर शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका एकजना संक्रमितको मृत्यु भएको छ । कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका डा देवेन्द्र आचार्यले जानकारी दिनुभयो ।

सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको हो ।

अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने उहाँको भनाइ छ ।

स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेको पनि उहाँले जानकारी दिनुभयो ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech