कोरोनाले अहमद परिवारमा ठूलो बज्रपात, तीन दिनमा तीन दाजुभाईको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

नेपालगन्जः कोरोना भाइरस महामारीबाट नेपालगन्जमा एकैघरका तीन दाजुभाईको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-३ का इम्तियाज अहमद, एजाज अहमद र  जहीर अहमदको मृत्यु भएको हो ।

उनीहरुको एक-एक दिनको फरकमा मृत्यु भएको छ । जहीरको मृत्यु भएको भोलि पल्ट एजाजको मृत्यु भएको थियो ।

त्यस्को भोलिपल्ट आज विहान इम्तियाजको मृत्यु भएको छ ।

सात दाजुभाई मध्ये जहीर कान्छा हुन भने एजाज राइलो र इम्तियाज काइलो हुन् ।

उनीहरु सबैको भेरी अस्पतालमा मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा ठूलो बज्रपात परेको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech