नेपालगन्जः बाँकेमा आज ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटै प्रयोगशालामा गरीएको परीक्षणमा ८५१ जना कोरोना सक्रमित पुष्टी भएको हो । यो अहिलेसम्म उच्च हो ।
भेरी अस्पतालमा ४२७ , नेपालगन्ज मेडिकल कलेजमा १८५ र बागेश्वरी ल्याबमा २३९ जनामा कोरोना पुष्टी भएको छ । अब बाँकेमा ४५०३ जना सक्रिय संक्रमित संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
आज २९३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।