कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७८, बुधबार

धनगढी: कैलालीमा  थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिनु भयो । जसमा कैलालीका तीन र डडेल्धुराका एक जना रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुष, लम्कीचुुहा नगरपालिका–१ क ३७ वर्षीय पुरुष र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताउनु भयो ।

टीकापुर अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. रमेशप्रसाद उपाध्यायले अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उपाध्यायका अनुसार बुधबार बिहान लम्कीचुहा नगरपालिकाका ३८ वर्षीय पुरुष र टीकापुर नगरपालिकाका ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech