मेडिकल कलेज कोहलपुरमा २७ वर्षीय युवासहित दुई संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७८, बुधबार

कोहलपुरः बाँकेमा कोभिड संक्रमित थप दुईजना बिरामीको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भइरहेको नेपालगन्ज मेडिकल कलेजमा एकजना र भेरी अस्पतालमा एकजनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएका छन्।

स्वास्थ्यमा समस्या आएपछि बैशाख १० गते मेडिकल कलेजमा पीसीआर परीक्षण गरि थप उपचारका लागि १० बैशाखमै भेरी अस्पतालमा भर्ना हुनुभएका नेपालगन्ज-४ का ६० वर्षिय पुरुषको हिजो राती ११:४५ बजे मृत्यु भएको हो ।

त्यस्तै बैशाख १५ गते पीसीआर परीक्षण गरी उपचारका लागि सोही दिन मेडिकल कलेजमा भर्ना हुनुभएका डुडुवा गाउँपालिका-५ बाँकेका २७ वर्षिय पुरुषको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ४:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै कोभिड संक्रमणका कारण हालसम्म बाँकेका १४५ जनाले ज्यान गुमाएका छन् ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech