नेपालगन्जः बाँकेका दुईवटा ल्यावमा गरिएको पीसीआर परीक्षणमा थप ६०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यसमा बाँकेका मात्रै ५२१ जना छन् ।
भेरी अस्पताल नेपालगन्ज ल्यावमा ६२५ नमुना परीक्षण गर्दा ३९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमा ३४२ जना छन् । यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २९९ नमुना परीक्षण गरिएकोमा २१० जनामा भाइरस संक्रमण देखिएको छ ।
बाँकेका मात्रै १७९ जना रहेका छन् । जिल्लामा आज ५२१ संक्रमित थपिदा ३४२ जना डिस्चार्ज भएका छन । १६० महिला र १८२ पुरुष डिस्चार्ज भएका हुन् ।