बाँकेका अस्पतालमा थप ४ जना संक्रमितको मृत्यु, अधिकांश युवा

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्ज : बाँकेमा कोरोनाभाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

खजुरा गाउँपालिका- ७ कि ३२ वर्षीया महिलाको मृत्यु भएको छ। कोभिड पुष्टि पछि १६ गते भेरीमा भर्ना भएकी उनको आज बिहान ९:३० बजे मृत्यु भएको हो।
यस्तै बाँकेको बैजनाथ गाउँपालिका- ५ कि ३३ वर्षीया महिलाको मृत्यु भएको छ। उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर आज बिहान ६ मृत्यु भएको हो ।
यस्तै भेरी अस्पतालमा नेपालगन्ज- १९ का ६० वर्षीया महिलाको मृत्यु भएको छ। कोरोनाबाट संक्रमीत ती महिलाको आज दिउसो २:३० मा मृत्यु भएको हो । संक्रमण पुष्टि भएकी ती महिला आजै अस्पताल भर्ना भएकी थिइन । यो संगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३८ पुगेको छ।
यस्तै भेरीमै बर्दिया बढैयाताल गाउँपालिका -८ का ३२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। १४ गते भर्ना भएका उनको आज दिउँसो १: २० बजे मृत्यु भएको हो । यो संगै बाहिरि जिल्लाका १२३ जनाको मृत्यु भएको छ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech