बाँकेमा २७ गते रातीसम्म निषेधाज्ञा लम्बियो

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७८, सोमबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमण भयावह बनेको बाँकेमा निषेधाज्ञा थप लम्बिएको छ। स्थानीय प्रशासनले एक हप्ता निषेधाज्ञा लम्बाएको हो । अब २७ गते रातीसम्म निषेधाज्ञा लागू हुने छ ।

संक्रमण तिब्र रुपमा फैलिएपछि बाँकेमा एकसाताअघि देखि प्रशासनले निषेधाज्ञा सुरु गरेको थियो । संक्रमण नियन्त्रण, रोकथामका लागि प्रशासनले नेपालगन्ज उप-महानगरपालिकामा त्यसअघि नै निषेधाज्ञा गरेको थियो ।

अहिले पनि संक्रमण दर नघटेका कारण प्रशासनले मानिसको मुभमेन्ट रोक्न जारी निषेधाज्ञा लम्ब्याएको हो । बाँकेमा सक्रमण दरसँगै मृत्यु दरपनि बढिरहेको छ।

प्रशासनले आज सोमबर जारी गरेको सूचना

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech