काठमाडौं: सरकारले कोभिड-१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार मन्त्रिपरिषद्को हिजोको बैठकले सोमबार १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो।
त्यस्तै बैठकले भारतबाट हुने सबै उडान स्थगित गर्ने निर्णय गरेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले केही दिनअघि उडान बन्द गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको थियो ।