नेपालगन्ज: बाँकेमा आज थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा १५७ जना र जमुनाह नाकामा ३ जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा थप १६० जना संक्रमित थपिएका हुन् ।
मेडिकल कलेजमा २११ नमुना परीक्षण गर्दा १५७ जना र जमुनाह नाकामा २७ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
बागेश्वरी ल्याबको रिर्पोट भने आइसकेको छैन । यसअघि भेरी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३७५ जनामा संक्रमण पुष्टि भएको थियो ।
५८३ नमुना परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको थियो ।बाँकेमा आईतबार १४ महिने बालक सहित १४२ जना महिला र १६३ जना पुरुष गरि ३०५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।