म आफ्नै आमाको समेत पराई बनेको छु
हरेक दिन हरेक डियुटीमा ।
यसरी नै सबैका छाती रोएको देख्छु ।
मुटु र मस्तिष्कले एक अन्जुली श्वास फेर्न ।
फोक्सोले अलिकति खेल्न ।
अनि टाउकोले अलिकति शितलताको महशुस गर्न ।
स्नायुका हरेक कोषिकाले सल्बलाउन ।
यो सब त मलाई आमाले गर्वमै सिकाएकी हुन ।
बरु म बहुत सुरक्षित थिए आमाको गर्वमा ।
अनि त्यस्तै न्यानो हुन्थे बाबाको काखमा ।
तर, अहिले यो धर्तीमा ।
मैले फेरेको एक मुठ्ठी श्वासको पनि ब्याज तिरेको छु ।
एक अन्जुली मायाको समेत ऋिणी भएको छु ।
म आफ्नै आमाको समेत पराई बनेको छु ।
अनि यसरी त बाबुको समेत दुश्मन बनेको छु ।
त्यसैले म चाहन्छु ।
यो हृदयविधारक दृश्य मेरो आँखा अगाडी ।
यो कहाली लाग्दो छ्ट्पटी मेरो पाउमा झुक्नु अगाडी ।
मलाई इतिहासले नालायक पात्र घोषणा गर्नु अघि ।
म एउटा आरामको निद निदाउन चाहन्छु ।
जहाँ मेरा सपनाहरूले अक्सिजनलाई ।
परेलीहरुले कार्वोन्डाईअक्साईडलाई ।
अनि आशुहरुले दुबैलाई सन्तुलन गरेर ।
एक युग पुग्ने कविता लेखेर ।
मेरा सन्ततीहरुका लागि पुग्ने जति हावा किन्न मन छ ।
ए हजुर यो धर्तिमा हावाको मुल्य कति हो ?
डा देवेन्द्र आचार्य
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर