पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार सुरु, हाई फ्लो अक्सिजनको सपोर्ट आजपनि

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

तस्बिर:फाइल

काठमाडौं: कोरोना संक्रमण भएर नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार साँझदेखि पूर्वरानी शाहको उपचार प्लाज्मा थेरापीबाट भइरहेको जानकारी दिएको हो ।

श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि उहाँलाई आईसीयूमा सारिएको थियो । आज पनि उहाँलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँलाई अक्सिजनको सामान्य सपोर्ट भने दिइएको अस्पतालले जनाएको छ ।

त्यस्तै पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ । पूर्वराजदम्पती केही दिनअघि मात्र भारतबाट कुम्भमेलामा सहभागी भएर आउनुभएको थियो ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech