नेपालगन्जः भेरी अस्पतालमा थप २ सय २७ जनामा भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।
जस्मा १२८ जना पुरुष र ९९ जना महिला रहेको अस्पतालले जनाएको छ । बाँके सबैभन्दा बढी प्रभावित जिल्ला देखिएको छ संक्रमण पुष्टि भएका मध्ये नेपालगंज उपमहानगरपालिकाबाट मात्र करीब ५० प्रतिशत नयाँ संक्रमित छन् ।
३० देखि ३९ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित भएको देखिएको छ ।