२४ घण्टामा ४ हजार ८९७ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।

हाल ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech