परीक्षण गरेका ८० प्रतिशत बढीमा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा थप २३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालको पीसीआर प्रयोगशालाले पछिल्लो ३६ घण्टामा परिक्षण गरेका २८८ नमुना मध्य ८०.९ प्रतिशत अर्थात २३३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा १३९ जना पुरुष र ९४ जना महिला रहेको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । अस्पतालका अनुसार यो १३ बैशाखमा संकलन गरेको श्वाबको रिर्पोट हो ।

आज संक्रमण पुष्टि भएका मध्य सबैभन्दा धेरै बाँकेका २०८ जना, बर्दियाका १३ जना, कैलालीका २ जना, दाङका २ जना र अन्य जिल्लाका ८ जना रहेका छन् ।

बाँकेका २०८ जना संक्रमित मध्य नेपालगन्ज उपमहानगरपालिकाका मात्र १८२ जना रहेको अस्पताल प्रयोगशालाले जनाएको छ ।

यसैबिच बुधबार भेरी अस्पतालको प्रयोगशालाबाट कोभिड पुष्टि भएका अधिकांश युवा अवस्थाका रहेका छन् । लक्षण सहितका अधिकांश संक्रमित २० देखि ५० वर्ष उमेर समुहका छन् ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech