भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयको निर्णय

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

नेपालगन्जः जनशक्तिको चरम अभाव सामाना गरिरहेको भेरी अस्पताल नेपालगन्जलाई ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।

मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । अहिले प्रदेश सरकारले पठाएका ४७ जना जनशक्तिबाट भाइरस संक्रमित विरामीको उपचार भइरहेको छ । १४२ बेड क्षमताको आइसोलेसन वार्डमा अहिले दुईसय बढी विरामी छन् । तीमध्ये अधिकांशलाई अक्सिजन आवश्यक परिरहेको चिकित्सकहरुले बताए ।

आइतबारै मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा महेन्द्र श्रेष्ठले पनि स्थलगत निरीक्षण गरेर बाँकेको अवस्थाबारे मन्त्रालयमा जानकारी गराउनुभएको थियो । त्यसपछि थप स्वास्थ्यकर्मी पठाउने निर्णय भएको श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट ९एचडीयू० बनाउन सामग्री दिने निर्णय भएको छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा ६० वटा अक्सिजन सपोर्टसहितका बेड छन् ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech