गुलरियाः छिमेकी जिल्लाहरुमा भाइरस संक्रमण तीब्र गतिमा फैलिएपछि बर्दियामा पनि लकडाउन गर्ने निर्णय भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्ने निर्णय गरेको फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दियामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ५० को हाराहारीमा छ ।