भोलिदेखि बाँकेमा लकडाउन (यी सेवाबाहेक अरु सबै बन्द)

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

नेपालगन्जः भोलिदेखि बाँके जिल्लामा एक हप्ताका लागि लकडाउन गर्ने निर्णय भएको छ । यसअघि कोरोनाको उच्च जोखिम क्षेत्र नेपालगन्जमा मात्र लकडाउन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भाइरस संक्रमणको जोखिम जिल्लाभरी फैलिएको भन्दै त्यसको चेन ब्रेक गर्न लकडाउन गर्नु परेको उल्लेख गरिएको छ ।

जिल्लाभर लकडाउन जारी गरिएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधिमा रोक लगाइएको छ । लकडाउनको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरीने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी आदेशमा उल्लेख छ ।

यी सेवा बाहेक अरु बन्द
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटिएम जस्ता अत्वाश्यक सेवाबाहेक अरु बन्द हुने छन् ।

यी सवारी साधन चल्ने छन्
एम्वुलेन्स, शववहान, दमकल, कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालबाहक साधानहरु, निर्माण सामाग्री ढुवानीका साधान, अत्यावश्यक सेवामा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधन बाहेक अन्य चल्न पाउने छैनन् ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech