कोरोनासँग हारे राधेश्याम कसौंधन

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

नेपालगन्जः अवतार देई कसौधन चौधराइन् ट्रस्टका अध्यक्ष राधेश्याम कशौंधनको कोरोना संक्रमणबाट निधन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका १० त्रिभुवन चोक निवासीका ६० वर्षीय कशौंधनको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएको कशौंधन  समाज बाँकेका अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो ।

कोभिड पुष्टिपछि उहाँ बैशाख १ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँको उपचारका क्रममा गएराती साढे १० बजे मृत्यु भएको हो ।

समाजका पूर्व कार्यसमिति सदस्य समेत रहेका राधेश्यामको निधनले कशौंधन समाजलाई ठूलो क्षती पुगेको पनि उहाँले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech