भेरीमा उपचारका क्रममा थप एकजनाको मृत्यु

योसँगै कोभिड संक्रमणका कारण जिल्लामा ज्यान गुमाउनेहरुको कुल संख्या ७७ पुगेको छ । यसअघि गएको २४ घण्टामा मात्र बाँकेमा ७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।


    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

नेपालगन्ज:भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा थप एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका-१२ का ५५ वर्षिया महिलाको भेरीको आइसोलेसनमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि चैत्र ३१ गते बागेश्वरी ल्याबमा पीसीआर परिक्षण गर्दा उहाँमा कोभिड संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालको आइसोलेसनमा बैशाख ६ गते भर्ना गरेर उपचार सुरु गरेको भएपनि बैशाख-११ गते अर्थात आज शनिबार बिहान ८:४५ बजे उहाँको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै कोभिड संक्रमणका कारण जिल्लामा ज्यान गुमाउनेहरुको कुल संख्या ७७ पुगेको छ । यसअघि गएको २४ घण्टामा मात्र बाँकेमा ७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech