भेरी अस्पतालमा कोभिड संक्रमित ३५ वर्षिय युवा सहित अन्य दुई जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७८, शुक्रबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप ३ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा जिल्लाकै ३ जनाको मृत्यु भएको हो ।

अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-२ का ७५ वर्षिय महिला, नेपालगन्ज उपमहानगरपालिका-५ का ८४ वर्षिय पुरुष र नेपालगन्ज त्रिभुवन चोकका ३५ वर्षिय पुरुषको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख २ गते भेरी अस्पताल भर्ना हुनु भएका नेपालगन्ज-२ का ७५ वर्षिय महिलाको शुक्रबार साझँ ६:१५ बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिनुभयो ।

त्यस्तै कोभिड पुष्टि भएपछि भेरीको आइसोलेसनमा बैशाख ७ गते भर्ना हुनुभएका नेपालगन्ज-५ का ८४ वर्षिय पुरुषको स्वास्थ्या सुधार नआउँदा शुक्रबार ७ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यसैबिच नेपालगन्ज त्रिभुवन चोकका ३५ वर्षिय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ९ गते बिहिबार ३ बजे भेरीको आइसोलेसनमा भर्ना हुनुभएको थियो ।

उहाँको उपचारका क्रममा शुक्रबार ९ २३ बजे मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै कोरोना संक्रमणका कारण हालसम्म बाँकेका ७५ जनाले ज्यान गुमाइसकेका छन् । जिल्लामा संक्रमण तिब्र रुपमा फैलिएपछि गम्भीर प्रकृतिका बिरामीहरु बढिरहेका छन् ।

गम्भीर बिरामी बढिरहेका कारण मृत्यु दर समेत उकालो लाग्दै गएको छ ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech