डुडुवाका शैक्षिक संस्था भोलिदेखि एक साताका लागि बन्द

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०७८, बुधबार

नेपालगन्जः बाँके डुडुवा गाउँपालिकाले भोलिदेखि एक साताका लागि गाउँपालिका अन्र्तगतका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरेको छ । विश्वव्यापी रुपमा तिब्र गतिले फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरले यस पालिका अन्र्तगतका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण भएको र बढदै गएपछि जोखिम न्युनीकरण गर्न शैक्षिक संस्थाहरु बन्द गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले आज बुधबार एक सूचना जारी गरि भोली बुधबारदेखि बैशाख १५ गतेसम्म विद्यालय बन्द रहने जानकारी गराउनुभएको छ । गाउँपालिकाले यस अघि सबै विद्यालयहरुमा सावधानी तथा जोखिम न्युनीकरण गर्न स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।

दैनिक संक्रमणको दर बृद्धि भएपछि सम्पुर्ण नागरिकहरुलाई उच्च सर्तकता अपनाउन गाउँपालिकाले अपिल समेत गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले यो समयमा विशेष गरि घरभन्दा बाहिर ननिस्कने, बढी भिडभाड हुने स्थानमा नजाने, मास्क लगाउने तथा स्वास्थ्य सरसफाईमा ध्यान दिने लगायतका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech