अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सपोर्ट चाहिने बिरामीलाई मात्र अस्पतालमा भर्ना गरिने

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०७८, मंगलवार

नेपालगन्ज: कोरोना भाइरस संक्रमितहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा संक्रमित बिरामीको उपचारका लागि छुट्याइएका बेड करिब भरिभराउ भैसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सपोर्ट तथा उपचार आवश्यक पर्ने बिरामीहरलाई मात्र अस्पतालमा भर्ना लिइने छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले कोरोना भाइरस संक्रमित तर लक्षण नभएका, सामान्य लक्षण भएका बिरामीहरुलाई स्थानिय तहका स्वास्थ्यकर्मीहरुको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्नेगरी होम आइसोलेसनमा बसाउने निर्णय गरेको हो ।

केन्द्रले होम आइसोलेसनमा बस्ने मापदण्ड नपुग्ने कोभिड संक्रमितहरुलाई स्थानिय तहबाट निर्माण र सन्चालन गरिएका आइसोलेसनमा राख्ने निर्णय गरेको छ । यस्तै बैठकले पैसा तिरेर बस्न सक्नेहरुका लागि बिगत झै उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेसन को व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले तिब्र रुपमा फैलिएको कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न परिस्थितिको आँकलन गरि अत्यावश्यक सेवा र निर्माण कार्य बाहेक अन्य सम्पुर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाउने गरि तत्कालका लागि कम्तिमा ७ दिन निषेधाज्ञा वा लकडाउन आदेश गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

हेर्नुहोस् केन्द्रको मंगलबार बसेको बैठकका निर्णयहरु

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech