काठमाडौं: धेरैपछि एकैदिन ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ६३ जनाको एन्टीजेन परीक्षणमा गरी ५५९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।
सोमबार देशभरबाट १३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७४ हजार १६५ पुगेको छ ।
कोरोना संक्रमणका कारण सोमबार १३ जनाको मृत्यु भएको रिर्पोट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । योसँगै कोभिडका कारण नेपालमा ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार ५३ पुगेको छ।
अब देशभर ३ हजार ३०६ जना कोरोनाका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।