कोरोना संक्रमितको संख्या आजपनि तीन अंकमा

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०७७, बुधबार

काठमाडौंः विगत तीन दिन देखि नेपालमा कोरोना संक्रमितको संख्या तीन अंकमा सीमित भएको छ । दुई अंकमा झरेको संक्रमितको संख्या तीन दिन देखि तीन अंकमा छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको छ । जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा १ संक्रमितको मत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ।

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech