मेडिसिटी अस्पतालले विराटनगरमा मुटुरोगको उपचार सेवा दिने

    • स्वास्थ्य पेज

  • ९ चैत्र २०७७, सोमबार

काठमाडौंः मुटुको विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले विराटनगरमा उपलब्ध गराउने भएको छ।

आगामी बैशाख १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले विराट मेडिकल कलेज टंकी सिनुवरी, विराटनगरबाट शुरु गर्ने भएको छ।

नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।

एन्जियोग्राफि, एन्जियोप्लाष्टि लगायत क्याथल्याब मार्पmत गरीने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाले विराटनगर लगायत पूर्वाञ्चल भरीकै जनताहरुलाई आकस्मिक मुटुरोग उपचारमा सहजता प्राप्त हुने विश्वास लिइएको छ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech