कोरोना विरुद्ध खोपको दोस्रो मात्रा बैशाख ७ गतेबाट दिइने

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७७, बुधबार

काठामाडौंः कोरोना विरुद्ध खोपको दोस्रो मात्रा बैशाख ७ गतेबाट दिइने भएको छ । माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा लगाइसकेका व्यक्तिलाई खोप कार्ड समेत उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा तीन महिना पछि दिने निर्णय गरेको हो।

बैठकले दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्षसम्मका व्यक्तिहरुलाई पहिलो मात्रा दिनका लागि पछि सूचना जारी गर्ने जनाएको छ। पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८८० जना व्यक्तिले खोप लगाएका थिए।

हालसम्म खोप लगाउनेको जम्मा संख्या १६ लाख ५ हजार ७०६ जनाले खोप लगाइसकेका छन्।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech