अवैध मृगौला प्रत्यारोपण प्रकरणः चार डाक्टर पक्राउ

    • स्वास्थ्य पेज

  • २७ असार २०७७, शनिबार

चितवन २७, असार ।
अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायत रहेको बताइएको छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं लगेको छ।

सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले जनाएको छ। सो मुद्दामा उनीहरु संलग्न भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ।ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। व्युरोले आइतवार पत्रकार सम्मेलनगरी थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

  • २७ असार २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech