नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत संचालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकाल आइतबारदेखि सकिएको छ।
चारवर्ष अघि नियुक्त हुनु भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेको कार्यकाल आइतबार सकिएको हो।
उहाँको चार वर्षको कार्यकाल सकिएसँगै सोमबारदेखि प्रतिष्ठानको उपकुलपतिको पद रिक्त रहने भएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत संचालित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तीका लागि स्वास्थ्य मन्त्रालयले सर्च कमिटि गठन गरी उपकुलपति नियुक्तीका लागि आवेदन खुला गर्ने छ।
सो कमिटिमा प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य मन्त्री समेत रहनेछन्। सो कमिटिले नाम प्रतिष्ठानको कुलपति समक्ष सिफारिस गर्नुपर्ने हुन्छ।
प्रतिष्ठानका सहकुलपतिको सिफारिसमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिले प्रतिष्ठानका लागि उपकुलपति नियुक्त गर्ने प्रावधान रहेको छ।