नेपालमा कोरोना संक्रमण दर घट्दै

    • स्वास्थ्य पेज

  • २७ असार २०७७, शनिबार

काठमाडौं २७, असार ।
नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । शनिबार ७० जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्या ४६ दिन यताकै कम हो । यसअघि जेठ १३ को तथ्यांक हेर्दा ९० जनामा संक्रमण पुष्टि भएको थियो। शनिबार ७० जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टिसँगै नेपालमा कारोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका २, सिराहका १, सुनसरीका ४ र उदयपुरका ४ जनामा कारोना भाइरस पुष्टि भएको हो।यस्तै मोरङका ३, धादिङका ३, काठमाडौँका ३, नुवाकोटका १, सर्लाहीका ३ र सिन्धुपाल्चोकका ५ जनामा कारोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैगरी चितवनमा १, सिन्धुलीमा २, रौतहटका १, पर्वत १, स्याङजाका १, पाल्पाका १, कास्कीका १, बाग्लुङका ३, तनहुँका ३, स्याङ्जाका ३, म्याग्दीका २, कास्कीका २, बाँकेका २, बर्दियाका २, दाङका ५, रुकुम पश्चिमका १, सुर्खेतका ३, सल्यानका १, जुम्लाका २, अछामका १ र कञ्चनपुरका ४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • २७ असार २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech