आइपुग्यो कोरोना विरुद्धको थप १० लाख डोज खोप

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७७, आईतवार

काठमाडौंः भारतबाट कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुगेको छ। भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाबाट उत्पादिन कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप आइतबार दिउँसो एयर इण्डियाको विमानबाट नेपाल आइपुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो खेपमा १० लाख डोज खोप ल्याइएको हो। बाँकी खोप पनि चाँडै ल्याइने मन्त्रालयले जनाएको छ।

उक्त खोप टेकुस्थित कोल्ड रुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यलयहरुबाट देशभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech