रुपेन्दहीमा चार सयबढी एचआइभी संक्रमितले गराए स्वास्थ्य बीमा

    • स्वास्थ्य पेज

  • ३० माघ २०७७, शुक्रबार

बुटवलः रुपन्देहीमा चार सयभन्दा बढी एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक मनोज पौडेलले रुपन्देही जिल्लामा हालसम्म चार सयभन्दा बढी एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिएका जानकारी दिनुभयो ।

स्वास्थ्य बीमामा संलग्न हुनका लागि पाँचजना सदस्यसम्मको परिवारका लागि वार्षिक ३५ सय रुपैयाँ तिर्नु पर्ने नियम छ। तर, नेपाल सरकारको पछिल्लो निर्णय अनुसार अति गरिब, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, कुष्ठ रोगी, जटिल खालको क्षयरोग, एचआइभी संक्रमितका लागि भने लाग्ने सम्पूर्ण शुल्क नेपाल सरकारले नै व्यहोर्ने व्यवस्था गरेकोले निः शुल्क बीमा गरिदिएको पौडेलले बताउनुभयो ।

बीमित सदस्य बिरामी भएमा वार्षिक एक लाखसम्मको खर्च बीमा बोर्डले व्यहोर्ने गरेको छ। सबै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन नेपाल सरकारले २०७२ चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरू गरेको थियो।

लुम्बिनी प्रदेशका अन्य जिल्लामा यसअघि नै कार्यक्रम लागु भएता पनि रुपन्देही जिल्लामा चालु आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech