कोरोना भाइरस संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या ३३३ पुग्यो

    • स्वास्थ्य पेज

  • २५ माघ २०७७, आईतवार

काठमाडौं:कोरोना भाइरस संक्रमणका कारण विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ ।

योसँगै २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको कुल संख्या ३३३ पुगेको गैरआवासीय नेपाली संघले जानाएको छ । संघका अनुसार यो साता यूकेमा २ र अल्जेरिया १ नेपालीको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।

शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८३२ जना नेपाली नागरीकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५६ हजार २४७ जना भने कोरोना संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाले जानकारी दिनुभयो ।

यता नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या २ हजार ३८ पुगेको छ ।

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech