कोरोना विरुद्धको भ्याक्सिन लगाएका १० जनामा साइडइफेक्ट, नआत्तिन चिकित्सकको सुझाव

    • स्वास्थ्य पेज

  • १६ माघ २०७७, शुक्रबार

नेपालगन्जः बाँकेमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका १० जनामा साइडइफेक्ट देखिएको छ । नेपालगन्ज मेडिकल कलेजका चिकित्सक, नर्स र सरसफाइकर्मीमा साइडइफेक्ट देखिएको हो ।

बाँकेमा दुईदिनको अवधिमा करिव सातसय ले कोभिड-१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाएका छन् । तीमध्ये १० जनामा वान्ता हुने, ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको हो ।

उनीहरुमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएर घरमै आराम गरिरहेका छन् भने सात जना उपचारकै क्रममा छन् । उनीहरुरुको अवस्थामा सुधार हुँदै गएको डिस्चार्जको तयारी भइरहेको नेपालगन्ज मेडिकल कलेजका सहयाक निर्देशक डा नितेश कुमार कनोडियाले बताउनुभयो ।

डा कनोडियाले पनि खोप लगाइसकेपछि शरिरमा सामान्य इफेक्ट देखिएको बताउनुभयो । ‘मैले हिंजो खोप लगाएको थिए, राती ज्वरो आयो उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘कोरोना विरुद्धको खोपमात्र होइन अन्य खोप लगाउँदा पनि यस्तो असर देखिन्छ । अहिले म पूर्णरुपमा तयार छु ।’

उहाँले सामान्य असर देखिदैमा डराइहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । भेरी अस्पताल खोप केन्द्रमा तीन दिन देखि भाइरस विरुद्धको खोप अभियान चलिरहेको छ । भेरी अस्पतालका मेसु डा प्रकाश थापाले पनि कोरोना भाइरस बिरुद्धको खोपमात्र नभएर जुनसुकै खोप लगाउँदा पनि सामान्य इफेक्ट परिहाल्ने भएकाले आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो ।

‘शरिरमा इम्युनिटीपावर कम भएकालाई केही असर देखिन सक्छ उहाँले भन्नुभयो–‘मैले पनि लगाए कुनै असर छैन् ।’भ्याक्सिन लगाएका धेरैजसोमा हल्का ज्वरो आएको, टाउको दुखेको खवरहरु आएका छन् । चिकित्सकहरुले त्यसलाई सामान्य साइड असर भन्दै नआत्तिन भनेका छन् ।

 

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech