कोरोना भाइरस विरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

    • स्वास्थ्य पेज

  • ८ माघ २०७७, बिहीबार

काठमाडौं ८, माघ ।

नेपाललाई भारत सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको विमानमा १० लाख डोज खोप नेपाल अवतरण गराइएको हो।

भारत सरकारले नेपाललाई पहिलो चरणमा अनुदान स्वरुप १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराएको छ ।

विमानस्थलमा खोप बुझ्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी लगायत स्वास्थ्य मन्त्रालयको टोली विमानस्थलमा पुग्नुभएको छ।

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech