कोभिड भत्ताको माग गर्दै कलैया अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

    • स्वास्थ्य पेज

  • २९ पुष २०७७, बुधबार

बारा २९, पुष ।
कोभिडका बिरामीको उपचारमा खटाएर जोखिम भत्ता नदिएको भन्दै बाराको कलैया अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। जोखिम मोलेर कोरोना संक्रमितको उपचार गरेको तर कोभिड भत्ता भने नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

स्वास्थ्यकर्मीहरूले मंगलबारदेखि अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरी अस्पतालमै धर्ना सुरु गरेका छन्।

आइसोलेसन वार्ड व्यवस्थापन गरी कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको भएपनि स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता भने उपलब्ध नगराएको अस्पतालका आइसोलेसन वार्ड व्यवस्थापक सत्यन्द्र कुमार यादवले गुनासो गर्नुभएको छ ।

गत वर्ष चैत महिनादेखि कात्तिक मसान्तसम्मको जोखिम भत्ता पाउनुपर्ने माग उनीहरुको छ ।

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech