कोभिड कोषमा रकम जम्मा गर्न स्वास्थ्य मन्त्रालयको अपिल

    • स्वास्थ्य पेज

  • २९ पुष २०७७, बुधबार

काठमाडौं २९, पुष ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कोषमा रकम जम्मा गर्न दातृ निकाय लगायतलाई आह्वान गरेको छ। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको भ्याक्सिन खरिद गरी लक्षित समूहलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै आर्थिक सहयोग गर्न सार्वनजिक अपिल गरेको छ।

मन्त्रिपरिषद्को गत कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृतिप्राप्त भ्याक्सिन  खरिद गरी लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिसकेको छ। मन्त्राललले खोप कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने जनाएको छ। उक्त कोषको आयव्ययको समेत कानुन बमोजिम लेखाजोखा राखिने मन्त्रालयले स्पष्ट पारेको छ।

 

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech