देशभर कोरोना संक्रमण पुष्टि भएका १५७ जना आईसियु र ३५ जना भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २८ पुष २०७७, मंगलवार

काठमाडौं २८, पुष ।
कोरोना भाइरस संक्रमण पुष्टि भएका १५७ जना आईसियु र ३५ जना भेन्टिलेटरमा उपचारमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २८० जना होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । सबैभन्दा बढी गण्डकी प्रदेशमा ६२ जना आईसियुमा उपचारमा छन् ।

लुम्बिनि प्रदेशमा ३५ जना भेन्टिलेटरमा उपचारमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १-१ जना आईसियु र भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

कर्णाली प्रदेशमा २ जना आईसियु र १ जना भेन्टिलेटरमा छन् । सुदुरपश्चिम प्रदेशमा २-२ जना आईसियु र भेन्टिलेटरमा उपचारमा रहेको मन्त्रालयले जनाएको छ ।

 

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech