आधारभूत अस्पतालका लागि जग्गा व्यवस्थापन गरी पठाउन बाँकेका चार स्थानीय तहलाई पत्र

    • स्वास्थ्य पेज

  • २३ पुष २०७७, बिहीबार

नेपालगन्ज २३, पुष ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेका ४ वटा स्थानीय तहलाई १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गरी पठाउन परिपत्र गरेको छ ।

जिल्लाका जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकालाई आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गरी पठाउन परिपत्र गरेको हो ।

मन्त्रालयले बाँकेका चार स्थानीय पालिकासँगै देशभरका २५९ स्थानीय तहलाई ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गरी पठाउन भनेको छ ।

मन्त्रालयले अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य संस्थाका सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयबाट छनौट गरी जिल्ला समन्वय समितिको सिफारिस सहित फागुन मसान्तसम्म मन्त्रालयको पठाउन समेत बिहीबार परिपत्र गरेको हो ।

अस्पतालको स्तरोन्नति हुने स्वास्थ्य संस्था छनौट गरी स्थानीय तहमा अगामी आर्थिक वर्ष २०७८/७९ मा भवन निर्माणको बजेट व्यवस्था गर्ने गरी चालु आवमा नै डिपिआरका लागि लागत सहभागितामा बजेट पठाउने समेत मन्त्रालयले जनाएको छ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा भूगोल तथा जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्ने घोषणा गरेको छ।

 

 

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech