बझाङमा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने

    • स्वास्थ्य पेज

  • २१ पुष २०७७, मंगलवार
बझाङमा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने

बझाङ २१, पुष ।
बझाङ जिल्लामा मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुनेभएको छ। यसका लागि जिल्लास्थित सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर बढी रहेको जनाइएको छ। कार्यक्रमले घर, बाटो र स्वास्थ्य संस्थामा हुने मातृ तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको जनाइएको छ।

जिल्लामा गत आव २०७६/७७ मा मातृ मृत्युदर शून्य रहेको बताइएको छ । नवजात शिशु मृत्यु २६ जना रहेको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्न कार्यक्रमले ध्यान दिने बताउनुभयो।

बुंगल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले सुरक्षित मातृत्व कार्यक्रमलाई नगरपालिकाले ध्यान दिएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले महिलाको स्वास्थ्य सुधारमा सामूहिक प्रयत्नको खाँचो औल्याउनुभयो ।

कार्यक्रममा परिवार नियोजन निरीक्षक डिल्ली जोशीले गर्भवती र नवजात शिशुको स्वास्थ्य सुधार गर्न कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech