कर्मचारीमा कोरोना देखिएपछि महाकाली अस्पतालमा शल्यक्रिया सेवा बन्द

    • स्वास्थ्य पेज

  • १८ पुष २०७७, शनिबार

महेन्द्रनगर १८, पुष ।
कञ्चनपुरको महाकाली अस्पतालमा शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालको अप्रेशन कक्षमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अर्को सूचना नआउन्जेलसम्मका लागि शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। हरि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

  • १८ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech